समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

काठमाडौँ, चैत २-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ले पार्टीले पठाएका समानुपातिक सांसदको सूचीमा कोशीको भौगोलिकता र जातीय क्लस्टर समेट्न नसकेको गुनासो गरेकी छन्।

उनले सामाजिक सञ्जालमा आफूले कोशीको हकमा पहाडी भूगोल छुटाउन नहुने सुझाएको बताएकी छन्। ‘मैले कोशीको हकमा पहाडी भूगोल समेट्न पर्छ छुट्नु हुन्न भनेको थिएँ छनौटको समयमा,’ उनले भनिन्।

‘जान्नेलाई छान्ने लहडमा पर्नुपर्ने नाम थियो ओखलढुंगाको बगरहरूमा घन्टी बोकेर पहिलो उम्मेदवार जसले सानो नानी चेपेर रास्वपाको बीउ रोपेको थियो २०७९ मा वहाँ थियो शोभा कार्की खोटाङबाट समानुपातिकमा नाम थियो चर्चित गायिका बौद्धिकताकी खानी सत्याकला राई वहाँको नाम किन आएन ? पर्नुपर्ने नाम थियो ताप्लेजुङकी मिरा लाबुङ वहाँको नाम न आउनु पार्टीले कोशीको भौगोलिकता र जातीय कलस्टरलाई समेट्न नसक्दा अबका दिनहरूमा सङ्गठनमा धेरै असर नपर्ला भन्न सकिन्न। र अर्को कुरा समुदायको व्यक्ति विशेषहरू केन्द्रीय नेताज्युहरूको वरपर नजिक भएर पनि यी कुरामा ध्यानाकर्षण गराउन नसक्नु विडम्बना दुस्खद छ, ‘ उनले लेखेकी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार