बाजुराका उच्च लेकाली क्षेत्रमा पुनः हिमपात, हिउँदे बालीका लागि किसान उत्साहित

बाजुरा: गयरातिदेखि सुरु भएको वर्षापछि बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ। यसअघि माघ महिनामा पनि हिमपात भएको यस क्षेत्रमा फेरि हिउँ परेपछि मौसम चिसिएको छ।

जिल्लाको बडीमालिका, बूढीगंगा, त्रिवेणी र बूढीनन्दा नगरपालिका तथा हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरूमा हिमपात भएको हो।

विशेषगरी हिमाली गाउँपालिकाको विच्छ्या, रुगिन र बाँधु, गौमुल गाउँपालिकाको अम्लिस र दहकोट, बूढीनन्दा नगरपालिकाको कुरु र पाण्डुसैन तथा खप्तड छेडेदह गाउँपालिकाका विभिन्न बस्तीहरू हिमपातबाट बढी प्रभावित भएका छन्।

हिमपातका कारण जनजीवन केही प्रभावित भए पनि हिउँदे बालीका लागि लाभदायक हुने विश्वासका साथ स्थानीय किसान भने खुसी भएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार