कांग्रेसबाट भाइले चुनाव हारे, दाइ रास्वपाबाट समानुपातिक सांसद सिफारिस

दाङबाट पाँच जनाको नाम समानुपातिक सांसदका लागि सिफारिस भएको छ।

विभिन्न दलबाट दाङका ५ जनाको नाम समानुपातिक सांसदका लागि सिफारिस भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुरेन्द्र चौधरी, क्रान्तिशिखा धिताल र खिमा विकको नाम सिफारिस भएको छ।

सुरेन्द्र चौधरी दाङको क्षेत्र नं. १ का नेपाली कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार योगेन्द्र चौधरीका सहोदर दाजु हुन्।

योगेन्द्र रास्वपाका देवराज पाठकसँग पराजित भएका थिए। पाठक ४२ हजार ६०२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका योगेन्द्र चौधरीले १५ हजार २८० मत ल्याएका थिए।  

उनी कांग्रेसका केन्द्रीय सहमहामन्त्री पनि हुन्।

कांग्रेसका सहमहामन्त्री योगेन्द्र प्रत्यक्ष तर्फको उम्मेदवार छँदा उनका सहोदर दाजु सुरेन्द्रलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाएको थियो।

दुई फरक पार्टीबाट उम्मेदवार बनेपछि दाजु-भाइको सम्बन्ध समेत चिसिएको पारिवारिक स्रोतले बताएको छ।

‍रास्वपाबाटै समानुपातिका सांसद सिफारिस भएकी क्रान्तिशिखा धिताल तुलसीपुरकी हुन् भने खिमा विक दंगीशरणकी हुन्।

त्यस्तै नेकपा (एमाले) ले दाङ घोराहीकी मुस्लिम महिला साजिदा सिद्दिकीको नाम सिफारिस गरेको छ।

नेपाली कम्युनिष्ट पार्टीले भीमकुमारी बुढाको नाम आफ्नो पार्टीको तर्फवाट निर्वाचन आयोगमा सिफारिस गरि पठाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार