जनमत पार्टीको महाधिवेशन ६ महिनापछि सर्‍यो, असोजमा हुने

  • जनमत पार्टीले आउँदो ९ र १० असोजमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ।
  • पार्टी सचिवालयको बैठकले महाधिवेशनको मिति २० र २१ चैतबाट सरेर नयाँ मिति तय गरेको महासचिव चन्दन सिंहले बताए।
  • चुनावमा ठूलो हारपछि पार्टीले क्षेत्रीयस्तरमा समीक्षा बैठक गरी शनिबारसम्म केन्द्रीय सचिवालयमा रिपोर्ट पठाउन निर्देशन दिएको छ।

१ चैत, काठमाडौं । जनमत पार्टीले आउँदो ९ र १० असोजमा पार्टीको महाधिवेशन गर्ने भएको छ ।

काठमाडौंमा बसेको पार्टी सचिवालयको बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो । यसअघि २० र २१ चैतमा महाधिवेशन गर्ने तय थियो ।

चुनावमा निकै ठूलो हार बेहोरेपछि पार्टीले चुनावको समीक्षा गर्ने भएको छ । यसका लागि क्षेत्रीयस्तरमा चुनावको समीक्षा बैठक गरी आउँदो शनिबारसम्म रिपोर्टो केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिइएको महासचिव चन्दन सिंहले जानकारी दिए ।

पार्टीले सबै जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्नुपर्ने भएकोले त्यसका लागि केन्द्रीय प्रतिनिधिको रोहबरमा १४ चैतसम्म चयन गरिसक्न पनि निर्देशन दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार