श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका ७ सांसदमध्ये २ जना जेनजी उमेर समूहको रहेको बताएका छन्।
फागुन २१ को चुनावमा श्रम संस्कृतिले प्रत्यक्षतर्फ ३ र समानुपातिकमा ४ गरी ७ सांसद जितेको छ।
‘श्रम संस्कृतिको जम्मा सांसद संख्या ७ मध्ये २ जना जनेजी छन्। अरू पार्टीहरूमा कति जना, कति प्रतिशत जेनजी सांसद होलान्?,’ उनको प्रश्न छ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि संसद विघटन भएर फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन भएको थियो।




प्रतिक्रिया दिनुहोस्