काठमाडौं : रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने भएको छ। आज बसेको सचिवालय बैठकले निर्वाचन आयोगले स्वीकृत गरेपछि मात्र सार्वजनिक हुने प्रवक्ता मनिष झाले जानकारी दिए।
झाले आज नै निर्वाचन आयोगमा ५७ जनाको नामावली बुझाउने निर्णय भएको बताए। रास्वपाको केन्द्रीय सचिवालयले ५७ जनामध्ये ४८ जना महिला र ९ जना पुरुषको नाम पठाइएको बताए। खस आर्य १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेशी ९ जना, थारु ४ जना रहेका छन्।
उनले भने, ‘जब निर्वाचन आयोगमा रुजु गर्नुहुन्छ र सो नाम सार्वजनिक गर्नुहुनेछ। राजनीतिक र कानुनी रुपमा रुजु नगरेसम्म रास्वपाको प्रस्तावित हुने भएकाले आयोगबाट प्रमाणित नहुन्जेल कुर्न अनुरोध गर्दछौं।’
आयोगले प्रमाणित नगरेसम्म रास्वपाको तर्फबाट सार्वजनिक नहुने बताए। उनले त्यतिबेलासम्म कुर्न आग्रह गरे।
एमालेले भने शनिबार नै समानुपातिकतर्फ पठाउने नाम सार्वजनिक गरिसकेको छ। झाका अनुसार संसदीय दलको नेता चयनका लागि विधान परिवर्तन गर्न छलफल चलिरहेको बताए।




प्रतिक्रिया दिनुहोस्