गोकुल बास्कोटाद्वारा शेरबहादुर तामाङमाथि अवसरवादको आरोप

काठमाडौं,फागुन ३० –

एमाले नेता गोकुल बास्कोटाले शेर बहादुर तामाङले आफूमाथि सार्वजनिक रूपमा आक्रमणात्मक टिप्पणी गरेको आरोप लगाएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले आफ्नो मत राखेकै कारण तामाङले आफूमाथि सार्वजनिक रूपमा आक्रमण गरेको दाबी गरेका हुन् ।

“भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रूपमा जाई लगेछन,” बास्कोटाले लेखेका छन् ।

उनले तामाङलाई पद प्राप्तिका लागि गुट बदल्ने मात्र नभई आवश्यक परे पार्टी नै फुटाउन पछि नपर्ने चरम अवसरवादी पात्र भएको आरोप समेत लगाएका छन् ।

“म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन, पटक–पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन। ०३८ यताका इतिहास हेरौँ न,” बास्कोटाले उल्लेख गरेका छन् ।

दुवै नेता एमालेका प्रभावशाली नेताका रूपमा चिनिन्छन् । पछिल्लो समय पार्टीभित्र विभिन्न विषयमा नेताहरूबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप हुने क्रम बढिरहेको देखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार