सुदूरपश्चिमले पायो ४० वर्षमुनिका चार युवा सांसद 

धनगढीः २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४० वर्षमुनिका ६१ जना उम्मेदवार निर्वाचित भएका छन्। तीमध्ये चार जना सुदूरपश्चिम प्रदेशका रहेका छन्।

कैलाली–२ बाट २६ वर्षका केपी खनाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै संसदीय राजनीतिक यात्रा सुरु गरेका छन्। लुम्कीचुहा नगरपालिकाका खनालले १९ हजार ५७ मत प्राप्त गर्दै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार पतिराम चौधरीलाई पराजित गरेका हुन्। चौधरीले ११ हजार ९ सय ४९ मत पाएका थिए। खनाल  यसअघि सामाजिक अभियनकर्ताका रूपमा काठमाडौँमा सक्रिय थिए। उनले क्लिन काष्ठमण्डप अभियान सञ्चालन गरेका थिए। उनी बालेन्द्र शाह निकट मानिन्छन्।

यस्तै कञ्चनपुर–३ बाट ४० वर्षीय रास्वपा उम्मेदवार ज्ञानेन्द्रसिंह महता २७ हजार १ सय १८ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी काँग्रेसका हरिप्रसाद बोहराले ९ हजार ४ सय ४३ मत प्राप्त गरेका छन्। महत्ता मिडिया व्यवसायी हुन्। उनी रास्वपाको स्थापनाकालदेखि नै पार्टीमा आबद्ध थिए।

AD

कैलाली–३ बाट ३९ वर्षीय रास्वपा उम्मेदवार जगतप्रसाद जोशी निर्वाचित भएका छन्। उनले २० हजार ३ सय ५९ मत ल्याउँदै निकटतम् प्रतिस्पर्धी      नेकपाका वीरमान चौधरीलाई पराजित गरेका हुन्। चौधरीले भने ११ हजार ९ सय ८३ मत प्राप्त गरेका थिए। घोडाघोडी नगरपालिकाका जोशीले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। उनी यसअघि जनमोर्चाको राजनीतिमा सक्रिय थिए भने शिक्षण पेशामा आबद्ध थिए। जोशी जनमोर्चा छोडेर  रास्वपाबाट उम्मेदवार बनेका हुन्।

कञ्चनपुर–२ बाट ३८ वर्षीय दीपकराज बोहरा विजयी भएका छन्। उनले ३३ हजार ९ सय ५२ मत प्राप्त गर्दै काँग्रेसका उम्मेदवार नारायणप्रकाश साउदलाई पराजित गरेका हुन्। साउदले १० हजार ८ सय २७ मत प्राप्त गरेका थिए। डडेल्धुराका बोहरा रास्वपाको स्थापनाकालदेखि नै सभापति रवि लामिछाने निकट मानिन्छन्। उनले कक्षा १० सम्म अध्ययन गरेका छन्। उनी पनि मिडिया छोडेर रवि लामिछानेसँगै राजनीतिमा लागेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार