कञ्चनपुर: कञ्चनपुर–२ का प्रतिनिधिसभा सदस्य दीपक बोहराले नागरिकसँग प्रत्यक्ष संवाद बढाउन तथा उनीहरूका समस्या र सुझाव संकलन गर्न शुक्लाफाँटा नगरपालिका–१० को झलारी बजारमा प्रतिनिधिसभा सदस्यको सचिवालय सञ्चालनमा ल्याएका छन्।
सचिवालयमार्फत स्थानीय नागरिकका गुनासा, सुझाव तथा विभिन्न समस्या नियमित रूपमा संकलन गरी सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि पहल गरिने जनाइएको छ। नागरिकसँग प्रत्यक्ष संवाद, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउँदै कञ्चनपुर–२ को समग्र विकास र जनअपेक्षा पूरा गर्ने लक्ष्य राखिएको सांसद बोहराले बताएका छन्।
साथै, कञ्चनपुर–२ का स्थानीयवासीले आफ्ना समस्या, सुझाव तथा अपेक्षा सचिवालयमै उपस्थित भएर वा नि:शुल्क टेलिफोन नम्बर १८१०५०००२५० मा फोन गरेर पनि जानकारी गराउन सक्ने व्यवस्था गरिएको छ।

.jpeg)




प्रतिक्रिया दिनुहोस्