अध्यक्षको राजीनामा माग्दै ट्रायल गर्नु नैतिकता होइन, दबाबको प्रश्न हो : तामाङ

२९ फागुन, काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले अध्यक्ष केपी शर्मा ओलीलाई दोष दिएर कोही पनि नेता उम्किन नसक्ने टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय प्रेस क्लबले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता तामाङले चुनावी हारबारे पार्टीभित्र समीक्षा हुने बताउँदै एउटा मात्रै नेतालाई दोष दिएर केही नहुने बताएका हुन् ।

‘नेकपा एमालेका तर्फबाट जनमत स्वीकार गरेका छौँ । श्रद्धेय अध्यक्षले पनि स्वीकार गरिसक्नुभएको छ,’ नेता तामाङले भने, ‘पार्टीभित्र यसको समीक्षा हुन्छ । कोही एक जना व्यक्तिलाई दोष लगाएर कोही पनि उम्किन पाउँदैन । म पनि उम्किन पाउँदैन ।’

एमालेभित्र कोही अमुक नेताले अर्को नेतालाई दोष लगाएर आफू चोखो छु भन्ने ट्रायल भइरहेको बताउँदै उनले त्यो कुरा गलत भएको टिप्पणी गरे ।

‘कसैले छोड्नै चाहनुहुन्छ भने त्यो उहाँको निजी कुरा हो । कसैले दबाब दिएर छोड्नुपर्छ, नैतिकता देखाउनुपर्छ भन्न थाल्यो भने त्यो नैतिकताको प्रश्न हुँदैन, दबाबको प्रश्न हुन्छ,’ उनले भने ।

पार्टी अध्यक्ष वा कोही नेताले अहिल्यै छाडेर केही नहुने उनले बताए । उनले अगाडि भने, ‘कसैले छाडेर केके न सिङ–जरो उम्रिहाल्छ भन्ने छैन । हामीलाई त्यो लाग्दैन । सिंगो पार्टीको समग्र पक्षको समीक्षा गरेर निष्कर्ष निकाल्छौँ ।’

निर्वाचनमा एमालेका नेता जाँदा जनताको अत्यन्त राम्रो स्वागत र प्रतिप्रश्न नपाएको उनले बताए । ‘त्यसको मतलब जनताको हामीप्रति सकारात्मक विश्वास छ, र त्यो मतमा कन्भर्ट हुन्छ भन्ने हामीलाई लागेको थियो त्यो भएन,’ उनले भने, ‘तर यस्तो सुनामीका बिचमा जति मत पाएका छौँ, त्यो सम्मानजनक मत पाएका छौँ ।’

आफू जनतामा जाँदा अन्त मत दिएको मनसायका साथ नजाने पनि उनले बताए । ‘जनता फेरि पनि नेकपा एमालेको पक्षमा उभ्याउन हामी तयार छौँ,’ तामाङले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार