समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्काशन गर्ने हर्क साम्पाङको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक विषयमा रोइलो गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् ।

थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि हानाथाप भएपछि उनले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्,‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु ! हद भो ।’
हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सीट प्राप्त गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार