कैलाली–५ का सांसद आनन्द बहादुर चन्द ले बुझाए निर्वाचन खर्च विवरण, करिब २० लाख खर्च

कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा निर्वाचित सांसद आनन्द बहादुर चन्द ले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।

निर्वाचन आयोगलाई बुझाइएको विवरण अनुसार उनले चुनावी अभियानका क्रममा कुल २० लाख ८० हजार २ सय ९५ रुपैयाँ ६९ पैसा खर्च भएको उल्लेख गरेका छन्।

खर्च विवरणमा मनोनयन दर्ता, सवारी साधन तथा इन्धन खर्च, प्रचार–प्रसार सामग्री, मसला तथा स्टेशनरी, युवा परिचालन, स्वयंसेवक व्यवस्थापन, वृहत आमसभा तथा खाना–खाजा, सम्पर्क कार्यालय व्यवस्थापन, सामाजिक सञ्जाल व्यवस्थापन लगायतका शीर्षकमा रकम खर्च भएको देखाइएको छ।

उक्त विवरण निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान अनुसार पेश गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार