चुनावी प्रचारको थकाइ मेट्न मदिरामा ४५ हजार खर्च गरे, भोट पाए १६ मात्रै

धनगढी: प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसंगै उम्मेदवारहरु खर्च विवरण पनि बुझाउन लागेका छन् । निर्वाचन आयोगले तोकेको सीमाभन्दा निकै कम खर्च भएको अधिकांश उम्मेदवारको विवरणमा उल्लेख छ ।

अधिकांश उम्म्मेदवारले वास्तविकता खर्च विवरण लुकाएको आरोप लाग्न थालेको छ । तर, कैलाली क्षेत्र नम्बर २ का एक स्वतन्त्र उम्मेदवारले भने रोचक खर्च विवरण पेश गरेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएर क्यामेरा चुनाव चिन्ह पाएका दीपक रावलले कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा कुल खसेको ५६ हजार ७७० मतमध्ये १६ भोट मात्रै पाएका छन् । तर, उनले दुई लाख ३६ हजार पाँच सय रुपैयाँ निर्वाचन खर्च भएको विवरण सार्वजनिक गरेका छन् । रोचक कुरा त के छ भने उनले थकाई मेटाउन मदिरामा खर्च खरेको विवरण पनि इमान्दमरी पुर्वक बिलमा उल्लेख गरेका छन्। 

AD

जसमा ‘थकाइ मेटान’ शीर्षक पनि समेटिएको छ । उक्त शीर्षकमा ८८४८, भोड्का र लोकल रक्सीमा ४५ हजार पाँच सय खर्च भएको उल्लेख छ । रावलले निर्वाचनको दौरान १५ दिनसम्म थकाइ मेटान गरिएको जनाएका छन् । 

AD

रावलले मनोनयन दर्ता दस्तुर १० हजार, सवारी साधन र इन्धनमा ५५ हजार, घरदैलोमा खानां र खाजामा ४५ हजार पाँच सय, झण्डा, ब्याच, ब्यानर, स्टिकर छपाइमा ३५ हजार, मिडिया खर्चमा २५ हजार पाँच सय र पानी, चिया, स्टेसनरीमा २० हजार खर्च भएको उल्लेख गरेका छन् । 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार