- नेकपा एमालेका नेता बासुदेव घिमिरेले पार्टीभित्रको प्रवृत्तिलाई पञ्चायती नेताहरुसँग तुलना गर्दै फेसबुकमा ‘सबै ठीक छ, महाराज’ लेखेका छन्।
- घिमिरेले रुपन्देही–३ बाट उम्मेदवार भएर रास्वपाका उम्मेदवारसँग पराजय बेहोरेका छन्।
- घिमिरेले एमालेले राजनीतिक परिस्थिति बुझ्न नसकेको व्यंग गर्दै आफ्नो हारपछिको प्रतिक्रिया सार्वजनिक गरेका छन्।
२८ फागुन, बुटवल । नेकपा एमालेका नेता बासुदेव घिमिरेले आफ्नो पार्टीभित्र देखिएको प्रवृत्तिलाई पञ्चायती नेताहरुसँग तुलना गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले व्यवस्था ढलिरहँदा पनि पञ्चहरुले राजालाई सबै ठीक छ भन्ने सूचना दिने गरेको उल्लेख गरेका छन् । ‘पञ्चायत ढल्दै थियो, तर पञ्चहरुको रटान उही– सबै ठीक छ, महाराज,’ घिमिरेले लेखेका छन् ।
रुपन्देही–३ बाट उम्मेदवार रहेका घिमिरेले रास्वपाका उम्मेदवारसँग नराम्रो पराजय बेहोरे । तिलोत्तमा नगरपालिकाका पूर्व मेयर र ०७९ मा रुपन्देही–५ बाट निर्वाचित सांसद घिमिरेले गत निर्वाचन अघि एमाले परित्याग गरेको निर्णय लिएका थिए ।
तर उनलाई फर्काएर रुपन्देही–३ को टिकट दिइएको थियो । निर्वाचन हारेपछि घिमिरेले लेखेको यस्तो स्टाटस मार्फत एमाले नेताहरुले राजनीतिक परिस्थिति बुझ्न नसकेको व्यंग गरेको बुझ्न सकिन्छ ।




प्रतिक्रिया दिनुहोस्