लगानी आकर्षित गर्न सुदृढ व्यावसायिक वातावरण आवश्यक: जर्मन राजदूत

नेपालका लागि जर्मनीका राजदूत तथा नेपाल जर्मन उद्योग वाणिज्य संघका मानार्थ अध्यक्ष उडो एउगेन फोल्जले नेपालमा लगानी आकर्षित गर्न सुदृढ व्यावसायिक वातावरण आवश्यक रहेको बताएका छन्।

स्पष्ट नीति, स्थिर वातावरण र व्यवसायमैत्री संरचना भए मात्र व्यापार र आर्थिक गतिविधि विस्तार हुने उनको भनाइ छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल जर्मन उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघसँग आवद्ध व्यवसायीहरू सहभागी थिए।

राजदूत फोल्जले नेपाली उद्यमीलाई नेपाल र जर्मनीमा आयोजना हुने व्यापार मेला तथा व्यवसायिक मञ्चहरूमा सक्रिय सहभागिता जनाउन आग्रह गरे।

उनले जर्मन पर्यटकहरूको नेपालप्रति बढ्दो आकर्षण रहेको पनि बताए। विशेषगरी पर्वतारोहण र साहसिक पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहेको उनको भनाइ थियो।

नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले तीन दशकभन्दा बढी समयदेखि नेपाल–जर्मनी व्यापार र लगानी प्रवर्द्धनमा काम गर्दै आएको बताए।

जर्मन लगानी बढाउन तथा नेपाल र युरोपेली मुलुकबीचको आर्थिक सहकार्य बलियो बनाउन थप पहल आवश्यक रहेको उनले बताए।  

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष अनुपबहादुर मल्लले नेपाल र जर्मनीबीचको व्यापार विगतमा सकारात्मक रहे पनि अहिले घाटामा गएको बताए। 

काठमाडौंस्थित जर्मन दूतावासका अधिकारीहरूले ती सुझावलाई सकारात्मक रूपमा लिएको जनाइएको छ।

कार्यक्रममा जर्मन दूतावासका प्रथम सचिव पिटर स्पेयरसहित अन्य अधिकारी तथा २० भन्दा बढी व्यवसायीको सहभागिता थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार