कैलालीमा प्रहरी कार्यालयको छतबाट खसेर प्रहरी जवानको मृत्यु

धनगढी: कैलालीमा प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरी जवानको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय टिकापुरको छतबाट खसेर ३० वर्षीय प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार घटना सोमबार राति भएको हो।

AD

मृतक चदारा बझाङको तलकोट गाउँपालिका–१ का स्थायी बासिन्दा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार