सुदूरपश्चिममा समानुपातिकतर्फ पनि रास्वपा अगाडि

धनगढी: सुदूरपश्चिम प्रदेशका १६ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षतर्फ १० क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), तीन क्षेत्रमा नेपाली कांग्रेस र तीन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

प्रत्यक्षतर्फको मतगणना सकिएसँगै अहिले समानुपातिकतर्फको मतगणना जारी छ। प्रदेशभर करिब नौ लाख मत खसेकोमा हालसम्म छ लाखभन्दा बढी मत गणना भइसकेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फ सुदूरपश्चिममा रास्वपा सबैभन्दा अगाडि रहेको छ। रास्वपाले दुई लाख ७२ हजार १४७ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले एक लाख ४२ हजार ४५७ मत पाएको छ।

AD

त्यस्तै नेकपा एमालेले एक लाख ९ हजार १९९, नेपाली कम्युनिस्ट पार्टीले ८४ हजार ३४३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३१ हजार ३२७, नागरिक उन्मुक्ति पार्टी नेपालले १९ हजार ३६० र श्रम संस्कृति पार्टीले चार हजार ९३५ मत प्राप्त गरेका छन्। अन्य दलहरूले तीन हजारभन्दा कम मत पाएका छन्।
 

AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार