बैतडीमा दिउँसो ३ बजेसम्म ३५ प्रतिशत मत खस्यो 

बैतडी: बैतडीमा प्रतिनिधिसभा सदस्य चयनका लागि ३५.८२ प्रतिशत मत खसेको छ । १ लाख ५६ हजार ३७२ मतदातामध्ये दिउँसो ३ बजेसम्म ५६ हजार पाँच जनाले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटेर नरेश दयालले जानकारी दिए ।

३० हजार ११६ महिला, २५ हजार ८८८ पुरुष र एक जना अन्य गरी जम्मा ५६ हजार ५ जनाले मतदान गरेका छन् ।

जिल्लाभरि शान्तिपूर्ण रूपमा मतदान चलिरहेको र मतदाताले उत्साहका साथ भाग लिइरहेका बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए । 

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार