लेखराज भट्ट भन्छन्- ‘मतदाताले पत्याईसके, अब ड्याम्म भोट हाल्न बाँकी छ’

धनगढी । कैलाली ४ मा अनुभवी उम्मेदवारका रुपमा परिचित एमालेका लेखराज भट्टले आफूलाई मतदाताले पत्याइसकेको बताएका छन् । चुनावको पूर्वसन्ध्यामा उनले निर्वाचन नजिकिँदै गर्दा आफूलाई मतदाताहरुले पनि पत्याईसकेको बताएका हुन् ।

उनले विगतमा पनि आफूले जनताको पक्षमा थुप्रै काम गरेको र यसपाली पनि जनताकै पक्षमा काम गर्ने एजेण्डा अघि सारेकोले जनताको विश्वास जितिसकेको दाबी गरेका छन् ।

चुनावी अभियानका क्रममा भएको घरदैलो अभियान र चुनावी कोणसभामा देखिएको भीडले आफूलाई थप आत्मविश्वास दिएको भट्टको भनाई छ ।

भट्टले विगतमा गरेका विकासका काम, पूर्वाधार विस्तार र क्षेत्रका मुद्दामा निरन्तर उठाएको आवाजकै कारण जनताको साथ पाएको दाबी गरे ।

सडक, सिँचाइ, खानेपानी र रोजगारीका अवसर सिर्जनामा आफ्नो पहललाई उनले प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् । ‘काम देखिएको छ, त्यसैले मत पनि पक्का छ ।’, उनले भने, ‘जतलाई पत्याईसकेका छन् । अब ड्याम्म भोट हाल्न मात्र बाँकी छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार