डडेल्धुरामा चुनावी सरगर्मीः विभाजित मत एक ठाउँमा उभिएपछि बलियो बन्यो काँग्रेस !

धनगढी । देउवा नहुँदा डडेल्धुरामा काँग्रेसको विरासत भत्किन्छ भन्ने चर्चा चलेका बेला नैनसिंह महरको उपस्थिति र सक्रियताले माहोल झनै तातेको छ । अझ यसअघि देउवा नेतृत्वको काँग्रेसबाट अलग्गिएको बिपी काँग्रेस पनि पुरानै अवस्थामा फर्किएपछि डडेल्धुरामा काँग्रेसको सम्भावना झनै बलियो भएको छ ।

लामो समयसम्म देउवा नेतृत्वको काँग्रेसबाट अलग्गिएको बिपी काँग्रेस विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि गगनकै आह्वानमा पुनः पुरानै अवस्थामा फर्किएको छ ।

प्रभावशाली नेताका रुपमा परिचित कर्ण मल्लसहितको बिपी काँग्रेसले समर्थन गरेपछि डडेल्धुरामा महरलाई थप सहज भएको विश्लेषण गरिएको छ ।

स्थानीय नेताहरुका अनुसार बिपी काँग्रेसको साथ पाएपछि महरको पक्षमा जनमत थप बलियो बन्दै गएको छ । स्थानीय स्तरमा कार्यकर्तामा उत्साह देखिएको छ भने घरदैलो र प्रचारप्रसारमा समेत नयाँ उर्जा देखिएको छ ।

विश्लेषकहरूका अनुसार विभाजित मत एक ठाउँमा उभिने संकेत देखिएकाले प्रतिस्पर्धा झनै रोचक बनेको छ । महरको उम्मेदवारी अब बलियो आधारमा उभिएको आकलन गर्न सुरु भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार