बैतडीमा सुरक्षाकर्मीले हटाए प्रचार सामग्री

बैतडी: निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थलमा राखिएका चुनावी प्रचार सामग्री बैतडीमा सुरक्षाकर्मीले हटाएका छन्।

बैतडीमा विभिन्न राजनीतिक दल तथा उम्मेदवारले झण्डा, तुल, ब्यानरलगायत सामग्री आचारसंहिता उल्लंघन गर्दै राखेपछि सुरक्षाकर्मी परिचालन गरी हटाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए।

उनका अनुसार सम्बन्धित दल र उम्मेदवारलाई सामग्री आफैं हटाउन आग्रह गरिएको थियो। तर अटेर गरेपछि सुरक्षाकर्मीमार्फत हटाउनुपरेको हो।

AD

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन तथा व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा राखिएका प्रचार सामग्री हटाउन निर्देशन दिएको थियो। त्यसअनुसार जिल्ला सदरमुकामसहित देहीमाण्डौं, सतबाँझ, पाटनलगायत क्षेत्रमा राखिएका सामग्री हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

AD

अन्य स्थानमा पनि आचारसंहिता विपरीत सामग्री राखिएको पाइएमा तत्काल हटाइने प्रमुख जिल्ला अधिकारी थापाले बताए।

निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै जिल्लाभर सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार