राजमार्गमा हाइमास्ट लाइटका कारण दुर्घटना बढेपछि मुख्यमन्त्री शाहको व्यवस्थापन गर्न निर्देशन

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजमार्गको बीचभागमा जडान गरिएका हाइमास्ट लाइटका कारण सवारी दुर्घटना बढ्दै गएको भन्दै तत्काल उचित व्यवस्थापन गर्न निर्देशन दिएका छन्।

सोमवार मुख्यमन्त्री शाहले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानालाई टेलिफोनमार्फत आवश्यक समन्वय गरी समस्या समाधान गर्न निर्देशन दिएका हुन्।

महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको लम्की–अत्तरिया सडकखण्डको बीचभागमा राखिएका हाइमास्ट लाइटका कारण पटक–पटक दुर्घटना भइरहेको जनाइएको छ। सोमवार बिहान लम्कीचुहा नगरपालिका–१० पिपरौवा चोकमा हाइमास्ट लाइटमा गाडी ठोक्किँदा पुनः दुर्घटना भएको थियो।

AD

दुर्घटनामा ३२ वर्षीय चालक लोकेन्द्र ऐरसहित ३१ वर्षीय रमेश भट्ट घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ।

AD

मुख्यमन्त्री शाहले सडक विभाग तथा लम्कीचुहा नगरपालिकासँग समन्वय गरी राजमार्गको बीचभागमा जडान गरिएका हाइमास्ट लाइटको उपयुक्त व्यवस्थापन गर्न कडा निर्देशन दिएका हु्न्। ‘विकासका नाममा कसैले पनि जनताको ज्यान जोखिममा पार्न पाइँदैन,’ उनले बताए। साथै ट्राफिक प्रहरीलाई पनि यस विषयमा विशेष ध्यान दिन निर्देशन दिइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार