अभिनेता विपिन कार्कीले रवि लामिछानेसँग चितवनमा मनाए होली

काठमाडौँ । अभिनेता विपिन कार्कीले रास्वपाका सभापति रवि लामिछानेसँग चितवनमा होली मनाएका छन् । उनीहरूले एक अर्कालाई अबिर दलेर होली मनाएका हुन् । 

जसको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा आएका छन् । विपिन रविलाई चुनावमा सघाउन चितवन पुगेको बताइन्छ । विपिन पछिल्लो समय छरपस्ट कपाल, झुत्रा लुगा र सडकमा बस्ने व्यक्तिको जस्तो देखिने हुलियामा रहेको फोटो सेयर गर्दै चर्चामा छाएका थिए । 

कामको कुरा गर्दा विपिन अहिले फिल्म ‘काजी’ छायाङ्कन तयारीमा छन् । त्यसअघि उनी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न आफ्नो गृहथलो मोरङ जानेछन् । उनी मोरङ क्षेत्र नम्बर ३ का मतदाता हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार