कांग्रेसको आन्तरिक विश्लेषण : प्रत्यक्षमा ६० बढी सिट जित्ने दाबी

काठमाडौँ । नेपाली कांग्रेसले प्रत्यक्षमा ६० बढी सिट जित्ने आन्तरिक विश्लेषण गरेको छ । समानुपातिकमा पनि ३५ सिट जति जित्ने कांग्रेसको आकलन छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले सय पार पुर्याउने आफूहरूको लक्ष्य सफलताको नजिक पुगेको जानकारी दिए । ‘हामीले अबकी बार सय पारको नारा बनाएका छौँ, त्यो लक्ष्य पूरा हुने अवस्थाको हामी नजिक नजिक पुगेका छौँ,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘आज (सोमबार) पार्टीका साथीहरू सम्हाल्न सकेमा लक्ष्य भेटाउन सकिने अवस्था छ ।’

गत पुसमा गरेको विशेष महाधिवेशनपछि कांग्रेसमा विवाद छ । त्यो विवादका कारण निवर्तमान सभापति शेरबहादुर देउवा, नेताहरू पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. आरजु राणा देउवा चुनावी प्रचार प्रसारमा निस्किएका छैनन् । देउवा समूहले आधिकारिकताको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ ।

त्यसले केही समस्या पार्छ कि भन्ने डर कांग्रेसलाई छ । यसैबारे संकेत गर्दै प्रवक्ता चालिसेले भने, ‘हामीलाई आन्तरिक मिलाउन गाह्रो भइरहेको छ । त्यो मिल्यो भने लक्ष्य भेटाउँछौँ ।’  

प्रवक्ता चालिसेका अनुसार काठमाडौँका ३, सर्लाहीका ३, कपिलवस्तुका ३, कैलालीका २ र कञ्चनपुरका २, धनुषाका ३ तथा एक निर्वाचन क्षेत्र भएका १० बढी जिल्लामा जित सुनिश्चित रहेको जानकारी दिए । कुन कुन सुनिश्चित छन् भन्ने खुलाउँदा अन्य दलहरूले रणनीति बनाउन सक्ने भन्दै बाहिर खुलाउन नहुने उनको भनाइ थियो ।

अन्य स्थानमा झिनो मतको प्रतिस्पर्धा रहेको र सोमबार दिनभरको प्रयासले लक्ष्य भेटाउने निष्कर्षमा कांग्रेस छ । २०७९ सालको चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मत पाएर ३२ सिट ल्याउँदै ८९ सिटसहित पहिलो पार्टी बनेको थियो । तत्कालीन माओवादी, एकीकृत समाजवादी र लोसपासँग गठबन्धन गरी १६५ मध्ये ९१ सिटमा उम्मेदवारी दिएको कांग्रेसले प्रत्यक्षमा ५७ सिट जितेको थियो । अहिले १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिएको कांग्रेसले ६० बढी सिटमा प्रत्यक्ष जित्ने आकलन गरेको हो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार