चुनावलाई भयरहित वातावरणमा सम्पन्न गराउन आईजीपी कार्कीको निर्देशन

काठमाण्डौ: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चुनावलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिएर भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। आज श्रव्यदृश्य माध्यममार्फत सम्बोधन गर्दै उहाँले चुनाव अघि, चुनावका बेला र चुनावपछि अपनाउनुपर्ने सुरक्षा सतर्कताबारे स्पष्ट निर्देशन दिएका हुन्। 

उनले राष्ट्रप्रतिको दायित्व सम्झेर इमान्दारीपूर्वक काम गर्न आग्रह गरे। साथै, सुरक्षा संवेदनशीलताको विश्लेषण गरेर रणनीतिक रूपमा परिचालन हुन र भरपर्दो सुरक्षा योजना लागू गर्न जोड दिए। अन्य सुरक्षा निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गराउन पनि उनले निर्देशन दिएका छन्। 

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार