सिंहदरबार जलाएको अभिव्यक्ति दिएका पुरूषमाथि मुद्दा चलाउने उच्च सरकारी वकिलको निर्णय

सिंहदरबार जलाएको अभिव्यक्ति दिएका महेन्द्र गौतममाथि मुद्दा चलाउने निर्णय बदर भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले चितवन खैरहनी नगरपालिका-९ घर भई कठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने ३६ वर्षीय गौतममाथि मुद्दा नचलाउने गरी निर्णय गरेको थियो।

उक्त निर्णयलाई उच्च सरकारी वकिलको कार्यालय पाटनले उल्ट्याएको हो।

पाटनकी उपन्यायाधिवक्ता विन्दा धामी रावलले मुद्दा नचलाउने निर्णयलाई बदर गरी मुद्दा चलाउने निर्णय भएको बताइन्।

‘निर्णयअनुसार मुद्दा चलाउनू भनेर जिल्लामा हामीले फाइल पठाइसक्यौं,’ उनले भनिन्।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गौतममाथि मुद्दा चलाउँदा भिडिओ प्रमाण पर्याप्त नभएको दाबी गरेको थियो।

सामाजिक सञ्जालमा बाहिरिएको भिडिओमा गौतमले ‘सिंहदरबारको गेट तोडी भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाएर भ्याइसक्यौं,’ भनेका थिए।

यसरी बोले पनि आगजनी गरिरहेको भिडिओमा नदेखिएको जिल्ला सरकारी वकिलको दाबी थियो।

तर उच्च सरकारी वकिलले भने यसैलाई पर्याप्त प्रमाण मान्दै मुद्दा चलाउने निर्णय गरेको उपन्यायाधिवक्ता रावलले बताइन्।

‘भिडिओमा उनले बोलेका प्रमाण छन्। प्रदर्शन जेनजीहरूले गरेका थिए, तर उनको उमेर समूह पनि त्यसअनुसारको देखिँदैन,’ उनले भनिन्।

उनीमाथि प्रहरीले आपराधिक उपद्रव कसुरमा अनुसन्धान अघि बढाएको थियो।

भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनसहित प्रमुख प्रशासकीय भवनहरूमा आगजनी भएको थियो। आगजनी गरेको देखिने तस्बिर र भिडिओको आधारमा प्रहरीले पक्राउ गरी अभियोजन गर्दै आएको छ। 

त्यही सिलसिलामा त्यही दिन आगजनी गरिसकेपछि एक मिडियालाई आगजनी गरिसकेको भन्दै अन्तर्वार्ता दिनेमा महेन्द्र पनि थिए। यसरी अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई लामो समय लगाएर खोजी गरेको थियो। 

उनलाई घटना भएको झन्डै ५ महिनापछि, माघ २२ गते पक्राउ गरिएको थियो। तर सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको भन्दै उनलाई फागुन ८ गते हाजिर जमानीमा छाड्न प्रहरीलाई निर्देशन दिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले त्यही दिन उनलाई छाडेको थियो।

गौतमलाई छाडेपछि सरकारी वकिलको चर्को आलोचना समेत भएको थियो।

यो पनि: 

‘सिंहदरबार जलाइसक्यौं’ भनेका युवकलाई सरकारी वकिलको उन्मुक्ति

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार