मतदातालाई ओलीको प्रश्न- अब बनाउने बाटो रोज्ने कि भत्काउने ?

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश पहिले भन्ने भावना आवश्यक रहेको बताएका छन् । आइतबार एक भिडियो सन्देश जारी गर्दै उनले अब बनाउने बाटो रोज्ने कि भत्काउने भन्ने स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन् ।

“आज तपाईंले एउटा बाटो रोज्नुपर्ने भएको छ, बनाउने कि भत्काउने बाटो । निर्माणको कि ध्वंसको बाटो,” उनले भनेका छन् ।उनले आफूविरुद्ध विभिन्न भ्रम फैलाइएको पनि बताएका छन् । आफ्ना पनि केही कमजोरी हुन सक्ने उनले स्वीकार गरेका छन् ।

“तपाईंसँग मप्रति गुनासा छन् । प्रश्न पनि छन् । मेरा कमी–कमजोरी पनि होलान्,” उनले भनेका छन् । उनले देशको अखण्डता, राष्ट्रिय हितका पक्षमा आफू सधैँ उभिँदै आएको र उभिने उल्लेख गरेका छन् ।

“अब स्पष्ट कित्ताकाँट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे होस् भन्ने पक्षमा रु यति बेला आफू कुन कित्तामा भनेर स्पस्ट पार्नु भएन र बोल्नु भएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नुहुने छैन,” ओलीले भनेका छन् ।

उनले यसपालिको निर्वाचन जलाउने र बनाउनेमध्ये को रोज्ने भन्नेबीचको प्रतिस्पर्धा भएको जिकिर गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार