शेरबहादुर सार्की
बाजुरा, फागुन १७ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्नका लागि बाजुरामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
जिल्लाका ७७ मतदान स्टल र ११९ मतदान केन्द्रको व्यवस्थापनका लागि सुरक्षा व्यवस्था कडा पारिएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार, परिचालन हुने सुरक्षाकर्मीमा सशस्त्रसहित प्रहरी २००, नेपाल प्रहरी ४७५, सेना ३२५ गरी कुल एक हजार सुरक्षाकर्मी रहेका छन्। साथै, एक हजार ६० निर्वाचन प्रहरी पनि खटाइएको छ।
जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो, “आगामी फागुन २१ गतेको निर्वाचन सरल, सहज र व्यवस्थित बनाउन एक हजार सुरक्षाकर्मी र एक हजार निर्वाचन प्रहरी खटाइएको हो।”
उहाँले थप्नुभयो, “जिल्लाको सबैभन्दा टाढा मतदान केन्द्र हिमाली गाउँपालिका–३ गुम्बा हो। आज बिहान त्यस मतदान केन्द्रमा मतदान सामाग्री ढुवानी गरिएको छ।”
फागुन १६ र १७ गते जिल्लाका सबै मतदान केन्द्रमा मतदान सामग्री वितरण सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतलाई बोलाएर, सुरक्षाकर्मीको उपस्थितिमा सामग्री ढुवानी गरेको जनाएको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार, जिल्लाका बडीमालिकाः ३,४४६, त्रिवेणीः ३,३५०, बुढीगंगाः ४,२७७, बुढीनन्दः ३,४५२, गौमूलः १,६५०, हिमालीः १,७२२, जगन्नाथः १,६८४, स्वामीकार्तिकः २,२२३, खप्तडछेडेदहः ३,१७४ गरी जम्मा झन्डै २४ हजार ४४३ घरधुरी रहेका छन्।
सन् २०७८ को जनगणना अनुसार, बाजुरामा जनसङ्ख्या एक लाख ३८ हजार ९९८ भए पनि अधिकांश कामको सिलसिलामा भारतमा रहेको बताइएको छ।
बाजुरामा यसपटक नेपाली कांग्रेसका जनकराज गिरी, एमालेका लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाह, रास्वपाका हेमराज थापा, राप्रपाका केशरबहादुर शाही, नेकपा (माओवादी केन्द्र)का भूपेन्द्र सी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का दीपक डिसी र स्वतन्त्र उम्मेदवारका उपेन्द्र शाही चुनावी मैदानमा हुनुहुन्छ ।
बाजुरामा ८७,८६१ मतदाता छन्, जसमा ४५,४२८ पुरुष, ४२,४३१ महिला र अन्य दुई जना मतदाता छन्। मतदानको व्यवस्थाका लागि ७७ वटा मतदानस्थल र ११८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गत महतले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्