नेकपाले यसपालि गरेन ठूला चुनावी सभा, प्रचण्डले रोल्पाबाट अपिलसहित सम्बोधन गर्ने

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन्।

शनिबार रोल्पाको सदरमुकाम लिबाङ टुँडिखेलमा उनले चुनावका लागि सार्वजनिक अपिल गर्ने नेकपा रोल्पाका इन्चार्ज राजबहादुर बुढाले जानकारी दिए।

चुनावअघि देशभर कुनै ठूला कार्यक्रम नरहेको र रोल्पाबाट सार्वजनिक सन्देशसहित चुनावी सम्बोधन गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डको सम्बोधनलाई भौतिकरुपमा पनि भव्य बनाउन नेपाली कम्युनिष्ट पार्टी रोल्पाले व्यापक तयारी गरेको जिल्ला इन्चार्ज राजबहादुर बुढाले बताए।

उनकाअनुसार शनिबार लिबाङमा करिब १५ हजार मानिसले प्रचण्ड सहभागी कार्यक्रमलाई प्रत्यक्ष अवलोकन गर्नेछन् ।

‘नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा नेपाली क्रान्तिका नायक प्रचण्डले रोल्पाबाट चुनाबी सम्बोधन गर्नु आफैमा अर्थपूर्ण हुनेछ’ पार्टीका जिल्ला इन्चार्ज बुढाले भने, ‘रोल्पाबाटै निर्णायक अवस्थामा सम्बोधन गर्नु रोल्पालीप्रतिको उहाँको सम्मान पनि हो भन्ने हामीले बुझेका छौं ।’

‘जनयुद्ध’का अधिकांश समय प्रचण्डले रोल्पामा बिताएका थिए।

शनिबार लिबाङमा हुने चुनावी सभामा पार्टीका संयोजक दाहालका साथै रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वर्षमान पुनले पनि सम्बोधन गर्नेछन्  

त्यससँगै पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्तीमगर लगायत पार्टीका केन्द्रीय नेताहरुको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ।

कात्तिक १९ गते ८ दलबीच एकता भई नेकपा घोषणा भएको थियो। त्यसयता २० भन्दा बढी दल र समूह नेकपमा समहित भएका छन्।

एकतापछि प्रचण्ड नेकपाका संयोजक र माधवकुमार नेपाल सहसंयोजक छन्। नेकपाले सातै प्रदेशमा एकता सन्देश सभा यसअघि नै गरिसेको छ।

यसपालि चुनावमा शीर्ष नेताभन्दा संगठन परिचालन गरी आम मतदाताको घर-घर पुगेको नेकपाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार