काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा चुनावी अभियान तीव्र पार्दै मतदाताका घरदैलोमा पुगेका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा उनले दमकलगायत विभिन्न क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन् ।
घरदैलो कार्यक्रममा अध्यक्ष ओलीलाई स्वागत गर्न स्थानीय मतदाताको ठूलो उपस्थिति थियो । त्यसक्रममा उनले युवासँग देशको भविष्य र विकासका बारेमा संक्षिप्त छलफल गरे ।
विशेष गरी दमक नगरपालिकाका विभिन्न वडामा पुग्दा स्थानीयले खानेपानी, सडक पूर्वाधार र सुकुम्वासी समस्या समाधानका निम्ति ओलीसँग आग्रह गरेका थिए । जवाफमा उनले आफू प्रधानमन्त्री हुँदा सुरु गरेका अधुरा आयोजनालाई पूर्णता दिन र झापा–५ लाई नमुना क्षेत्र बनाउन पुनः उमेदवार बनेको बताए ।
विपक्षी दलहरूले पनि आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् ।




प्रतिक्रिया दिनुहोस्