कैलाली-५ः रास्वपाका चन्दको पक्षमा तात्यो माहोल, पाए युवादेखि ज्येष्ठ नागरिकको समर्थन

कैलाली । प्रतिनिधि सभा निर्वाचन हुन अब ठीक एक हप्ता मात्र बाँकी छ । १८ गतेदेखि मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरु अन्तिम घडीसम्म मतदाताको घरदैलोमा पुगेर समर्थन जुटाउन व्यस्त छन् ।

मौन अवधि सुरु भएपछि मौन अवधिभर (मतदान नसकिउन्जेलसम्म) उम्मेदवारले कुनै पनि प्रकारले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन् ।

यही कारण पनि अहिले उम्मेदवारको दौडधुप झनै बढेको छ । यहीबीच कैलाली ५ मा पनि उम्मेदवारको सक्रियता बढेको छ ।

अझ सुरुवातमा खासै माहोल नदेखिएकाले पनि माहोल आफ्नो पक्षमा बनाउन थालेपछि कैलाली ५ मा राजनीतिक तरंग झन् रोचक बन्दै गएको छ । त्यसो त कैलालीमा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. आनन्द बहादुर चन्द, नेपाली काँग्रेसका नर नारायण शाह (मनु), नेपाली कम्युनिष्ट पार्टीका प्रेम आले र एमालेका यज्ञराज ढुंगानाबीच कडा प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ ।

त्यसमा पनि पछिल्ला दिन राष्ट्रिय राजनीतिमा तरंग ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. चन्दको पक्षमा उत्साहजनक माहोल देखिन थालेको स्थानीयहरू बताउँछन् ।

गाउँ–गाउँमा बढ्दो समर्थन
डा. चन्दको घरदैलो अभियानमा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता देखिएको छ । अझ जेनजी, त्यसमा पनि पहिलो पटक मतदान गर्न लागेका युवाहरुमा रास्वपाको क्रेज उग्र देखिन्छ । यही कारण पनि कैलालीमा युवाहरुको ठूलो समर्थन चन्दले पाइरहेको विश्लेषण स्थानीय नेताहरु गर्छन् ।

प्रतिस्पर्धीहरूमा दबाब
क्षेत्र नम्बर ५ लामो समयदेखि परम्परागत दलहरूको प्रभावमा रहँदै आएको क्षेत्र हो । तर यसपटकको चुनावमा नयाँ शक्तिका रुपमा उदाएको रास्वपाको क्रेजका कारण दलीय प्रभाव तोडिने चिन्तामा राजनीतिक दलहरु छन् ।

त्यसैमाथि देशभर घण्टी अर्थात रास्वपाको क्रेज दिनप्रतिदिन बढिरहँदा कैलालीमा पनि राजनीतिक विरासत भत्किन सक्ने डरले राजनीतिक दलका उम्मेदवार खासगरी डा. चन्दका प्रतिस्पर्धीहरु दबाबमा परेको विश्लेषण गर्न थालिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार