चितवनवासीलाई बालेनले सोधे– छतमा निलो जस्ता राखेर कसलाई जिस्काएको ?

१५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह शुक्रबार चितवन पुगेर चुनावी सभालाई सम्बोधन गरेका छन् ।

आगामी २१ फागुनको निर्वाचनका लागि झापा–५ बाट उम्मेदवार रहेका बालेनले विभिन्न जिल्ला पुगेर सम्बोधन गरिरहेका छन् ।

उनी कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा पुगेर त्यहाँको स्थानीय समस्या र चुनौतीबारे सम्बोधन गरेका थिए ।

आफ्ना प्राय: सम्बोधनहरूमा उनी अनौपचारिक देखिन्छन् । प्राय: भीडमा रहेकालाई आफूतिर आकिर्षत पार्नेगरी सम्बोधन गर्ने बालेनले शुक्रबार चितवनमा पनि सोही विधि प्रयोग गरे ।

आगाडी देखिएको ठूलो भीडलाई सम्बोधन गर्दै उनले चितवनमा पुग्दैगर्दा विमानबाट देखिएको दृश्यबाट सुरु गरे ।

उनले जहाजबाट चितवनका छतमा निलो रङको जस्ता राखेको देखेकोबाट सुरु गरे ।

‘अघि प्लेनमा आउँदै चितवनमा छतमाथि जस्ता राख्ने चलन रहेछ, सबका सब निलो, जिस्काउन राखेको जस्तो । कसलाई जिस्काउन राख्नुभएको त्यस्तो ?,’ उनले प्रश्न गर्दै भने ।

उनले आफ्नो पार्टी रास्वपाले जस्तै त्यो छानाले पनि छतलाई मक्किनबाट रोक्ने काम गर्ने गरेको बताए ।

‘त्यो निलो छानाले छतलाई मक्किनबाट जोगाउँदो रहेछ । राष्ट्रिय स्वतन्त्र पार्टीजस्तो,’ बालेनले भनेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार