कांग्रेस–एमाले रक्षात्मक बन्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको छ- प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दुई पुराना दलहरु काँग्रेस–एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपा प्रति जनताको विश्वास बढ्दै गएको दाबी गरेका छन्।

शुक्रवार नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाोधन गर्दै संयोजक दाहालले यस्तो दाबी गरेका हुन्।

अन्य पुराना राजनीतिक दलहरु रक्षात्मक अवस्थामा पुग्दा नेकपा मात्रै आक्रामक रुपमा अघि बढेको कारण जनताको विश्वास बढ्दै गएको उनको जिकिर छ।

अन्य पुराना पार्टीहरु रक्षात्मक छन् । हामी मात्रै आक्रामक ढंगले अगाडि बढेका छौँ । दिन प्रतिदिन नेपाली कम्युनिष्ट पार्टीप्रति यसले अगाडि सारेका, नीति, योजना र कार्यक्रमप्रति अनि हामीले गरेका प्रतिवद्धताहरुप्रति जनताको भरोसा र विश्वास बढ्दै गएको छ,’ उनले भने।

अब आउने पाँच दिन नेकपाले युद्धस्तरमा खटेर जनतालाई घरघरमा गएर सम्झाउन सकेको खण्डमा नेकपा एक नम्बरको पार्टी बन्ने संयोजक प्रचण्डले बताए।

‘नेकपाले मात्र मुलुकको स्वाधिनताको रक्षा र जनहितको पहरेदारी गर्नसक्नेछ। यो मात्र एक नम्बर पार्टी हो जसले निर्वाचनपछि देशको नेतृत्व गर्नेछ,’ उनले भने।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १५:४१

facebook sharing button
twitter sharing button

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार