धनगढी । धगगढीमा रहेका बझाङबासीलाई निर्वाचनमा सहभागी गराउन युवाहरुले अभियान चलाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागिता बढाउन युवाहरुले अभियान चलाएका हुन् ।
पढाई, जागिर र व्यवसायको शिलशिलामा बझाङका थुप्रै नागरिक धनगढीमा बसोबास गर्दै आएका छन् ।
उनीहरुलाई फागुन २१ गतेको निर्वाचनमा सहभागी गराउन अभियान चलाइएको बताइएको छ । मतदानका लागि बझाङ जान चाहनेका लागि यातायात वा अन्य व्यवस्थापन गरिनेछ । उक्त कार्यमा सहजीकरढा गर्नका लागि झलक ऐडी र इन्जिनियर कविन्द्र खड्कालाई सम्पर्क व्यक्ति तोकिएको छ ।
धनगढीमा रहेर मतदानका लागि बझाङ जान चाहनेहरुले ९८५११४९१९५ र ९८४७१०८९६५ मा सम्पर्क गर्न सक्नेछन् ।
साथै यो निर्वाचन परिवर्तनका लागि हुन लागेको भन्दै निर्वाचनमा सहभागी भई लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै मतदानमा सक्रिय सहभागिता जनाउन पनि सबैमा अनुरोध गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्