कञ्चनपुरः कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार देपेन्द्रबहादुर शाही नेपाली कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन्। शाही र प्रलोपाको कञ्चनपुर जिल्ला प्रमुख अमरसिंह विष्टसहित ५४ नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन्।
१० फागुनमा बेलौरीमा पत्रकार सम्मेलन गरेर चुनावी घोषणापत्र सार्वजनिक गरेका शाहीले तीन दिनपछि पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेका हुन्। शाही र विष्ट प्रलोपाका केन्द्रीय सदस्यसमेत थिए।
नेकपामा समाहित भएपछि शाहीसहितका नेता–कार्यकर्ताहरूले महिला नेतृ विना मगरलाई जिताउने अभियानमा खटिने प्रतिबद्धता जाहेर गरेका छन्।




प्रतिक्रिया दिनुहोस्