ओली र बालेन दुवै अतिवादी : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दुवै अतिवादी सोच भएको टिप्पणी गरेका छन् । 
बिहीबार (फागुन १४) सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन् । 

उनले भदौ अन्तिम साताको जेनजी आन्दोलनको सन्दर्भमा मुलुकमा दुई अतिवादी सोच देखापरेको उल्लेख गर्दै ओली र बोलनलक्षित जेनजी आन्दोलनलाई स्वीकार नगर्ने र आन्दोलनको जगमा राजनीतिक स्वार्थको रोटी सेक्ने प्रवृत्ति मुलुकमा देखापरेको बताए । 

उनले यो दुवै अतिवादी सोच भएको टिप्पणी गरेका छन् । 

यस्ता सोचले पुनः दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिँदै सभापति थापाले दुवै अतिवादी धारसँग कांग्रेस असहमत रहेको स्पष्ट पारे । उनले अब सरकारको गोलीबाट कुनै पनि निहत्था नागरिकले ज्यान

गुमाउन नपर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

यस्तो छ गगनको भनाइ 

यो देशमा अब सरकारको गोलीबाट कुनै निहत्थाको ज्यान जानु हुदैन । यो देशमा अब कुनै मुकुण्डोधारीले नकाब लगाएर सिंहदरबार जलाउन पनि पाउनुहुन्न । यो अवस्था निर्माण गर्नुपर्नेछ । त्यसको लागि हामीले भाद्र २३ र २४ को घटनालाई हेर्नुपर्छ । एउटा प्रवृत्ति छ त्यसले के भन्छ भने, भद्रौ २३ र २४ को घटनालाई उसले इन्कार गर्छ र भन्छ २३ गते अगाडि र २३ गते देश ठीकठाक थियो । सबले दूधभात खाएका थिए । केही पनि बिग्रेको थिएन । अर्को प्रवृत्ति छ, जसले बोल्दैन र भन्दैन । तर, २३ र २४ गते बलेको आगोमा पेट्रोल थपेर आफ्नो राजनीतिको स्वार्थको रोटी मात्र सेक्छ । केवल उसले आफ्नो फाइदा मात्र हेर्छ । यो दुइटै अतिवादी सोच हो । यस्तै सोचले भोलि फेरि अर्को दुर्घटना गराउँछ । कांग्रेस यो दुवै सोचसँग सहमत छैन । भिन्न सोचका साथ उभिएको छ । –न्युज एजेन्सी नेपाल

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार