राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवलपरासी सभापति महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गरेका छन्।
उनी रास्वपा छाडेर कांग्रेस प्रवेश गरेका हुन्। उनलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले बिहीबार पार्टीमा स्वागत गरे।
नवलपरासीको बर्दघाटस्थित चौपतामा भएको कांग्रेसको चुनावी सभामा रास्वपा जिल्ला सभापति ठकुरी पार्टी प्रवेश गरेका हुन्।
ठकुरी गत २०७९ सालको निर्वाचनमा रास्वपाबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका थिए।
उनले प्रत्यक्षमा १२ हजार ४९९ मत सहित सो क्षेत्रमा तेस्रो भएका थियो।
उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका विनोद चौधरी २९ हजार ५१९ मत सहित विजयी भएका थिए भने नेकपा एमालेको समर्थनमा कोदालो चिन्ह लिएका हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत पाएका थिए।
फागुन २१ गते हुन गइरहेको निर्वाचनमा यसपालि रास्वपाले बिक्रम खनाललाई उम्मेदवार बनाएको छ।
उनी कांग्रेसबाट रास्वपा प्रवेश गरेका थिए। पार्टीले खनाललाई उम्मेदवार बनाएपछि ठकुरी असन्तुष्ट थिए।




प्रतिक्रिया दिनुहोस्