पूर्णबहादुरका भाइ विष्णुबहादुरको दाबी- कर्णालीमा कांग्रेस एक ढिक्का छ, गलत भाष्य बनाइयो

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति विष्णुबहादुर खड्काले कर्णालीमा पार्टी एक ढिक्का भएको चुनावी मैदानमा होमिएको दाबी गरेका छन् ।

सुर्खेत १ का उम्मेदवार समेत रहेका खड्काले सुर्खेतमा आयोजना गरेको चुनावी सभाको सम्बोधन गर्दै कर्णालीका १० ओटै निर्वाचन क्षेत्रमा कांग्रेसप्रति जनलहर आएकाले सबैमा चुनाव जित्ने दाबी गरे ।

उनले नेकपा एमाले, नेकपा र रास्वपा लगायतका राजनीतिक दलले कांग्रेस विभाजित भएको भन्ने गलत भाष्य बनाएर जनतामा भ्रम छर्ने काम गरेको र यो लगत भएको बताए ।

कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काका भाइसमेत रहेका खड्काले भने, ‘हाम्रो पार्टी अहिले एक ढिका भएर चुनावमा होमिएको छ । कुनै समस्या छैन । बाहिर आएको हल्ला हामीलाई कमजोर बनाउने हल्ला मात्रै हो । यसको पछाडि नलागीकन रूख चिन्हमा भोट हालेर कांग्रेसलाई विजय गराऔँ ।’

उनले आफू सुर्खेत १ को उम्मेदवार भए पनि यस क्षेत्रबाट कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा रहेका सबैलाई जिताउन आफ्नो तर्फबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खड्काले जेनजी आन्दोलनपछि बदलिएर देश बदल्ने हुटहुटीसहित निर्वाचनमा होमिएको कांग्रेसलाई सहयोग गर्नसमेत आग्रह गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार