काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा ६५ देखि ७० सम्म सीट प्रत्यक्षमै जित्ने अनुसन्धानको रिपोर्ट आउन थालेको बताएका छन्।
पेरिसडाँडामा बामबुद्धिजीविहरूसँगको छलफलमा प्रचण्डले आगामी चुनावमा ४ दलबीच चर्को प्रतिस्पर्धा हुने देखिएको बताए।
उनले भने, ‘अब निष्पक्ष निर्वाचन हुने हो भन्दा हाम्रो रिजल्ट राम्रै हुने देखिन्छ। पहिलाको भन्दा राम्रो हुन्छ त हाम्रा कट्टर विरोधीले नि भन्न थाल्या छन्। अब कतिपयले त रिपोर्ट निकाल्दा खेरि होइन यिनीहरू त अप्रत्याशित रूपमा धेरै आउने भए, ६५ देखि ७० सम्म सिट त यिनले प्रत्यक्षमै जित्ने भए भन्ने पनि भन्न थालेका छन्।’
चार पार्टीबीच प्रतिस्पर्धा हुँदा पहिलो नेकपा बन्ने आधार देखिएको भन्दै दोस्रो, तेस्रो को हुन्छ भन्ने नसकिने बताए।
उनले थपे, ‘अब सातआठ दिन जो बाँकी छ, हामीले कसेर राम्रोसँग काम गर्ने हो भने हामी अगाडि नै आउने सम्भावना छ।’




प्रतिक्रिया दिनुहोस्