सबैको मन जितेका मनुले चुनाव जित्लान् ?

कैलाली । चुनाव हुन अब करिब एक हप्ता मात्र बाँकी रहँदा कैलाली–५ मा चुनावी माहोल मज्जैले तातेको छ ।

दलहरू आ–आफ्नो एजेण्डा लिएर मैदानमा उत्रिएका छन् । तर अरु दल र दलका उम्मेदवारजसरी चुनावी प्रचारमा धेरै सक्रिय नदेखिए पनि नेपाली काँग्रेसका उम्मेदवार नर नारायण शाह (मनु)को चर्चा कैलाली–५ मा राम्रै छ ।

काँग्रेसजनको दाबी अनुसार पनि पछिल्ला दिन कैलाली–५ मा शाहप्रति मतदाताको समर्थन र विश्वास दुवै बढ्दै गएको छ ।

त्यसो त विकास र समृद्धिको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएका शाहले विगतदेखि नै स्थानीय मुद्दा उठाउँदै आएका छन् । क्षेत्रको पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका सवालमा स्पष्ट धार राख्ने नेताका रूपमा उनको पहिचान बनिरहेको समर्थकहरू बताउँछन् ।

अझ उनका बुवा–बाजेले पनि विकासका मुद्दामा खबरदारी गर्दै आएको स्मरण गर्दै कतिपयले यसलाई ‘राजनीतिक विरासतसँग जोडिएको जिम्मेवारी’को रूपमा व्याख्या गरिरहेका छन् ।

शालीन र शान्त स्वभावका कारण मतदातामाझ सहज पहुँच बनाएका शाह अहिले घरदैलो अभियानमा व्यस्त छन् । स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उनले आफू विकासको पक्षमा प्रतिबद्ध रहेको दोहोर्याउँदै आएका छन् । काँग्रेस नेताहरू भने यसपटक कैलाली–५ मा मनु शाहको जित सुनिश्चितजस्तै भएको दाबी गर्छन् ।

उता स्वयं शाह पनि परिणामप्रति आत्मविश्वासी देखिन्छन् । ‘जनताको विश्वास नै मेरो बल हो’ भन्ने सन्देशसहित अघि बढिरहेका उनले जितप्रति आफू निर्धक्क रहेको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार