धनगढी उद्घोष सभाको भिडिओ राखेर केपी खनाल आफ्नै कार्यकर्ताबाट कुटिएको भन्दै भ्रामक प्रचार

कैलाली क्षेत्र नम्बर २ बाट आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार केपी खनालले चुनावी प्रचारप्रसारका क्रममा झडप गरेको दाबी सहितको एक भिडिओ भाइरल छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कैलाली २ मा चुनाव प्रचारप्रसारको क्रममा खनालले झडप गरेको, कार्यकर्ताबाट रास्वपा उम्मेदवार कुटिएको दाबी सहित उक्त भिडिओ शेयर गरिरहेका हुन् ।

तर टेकपानाको तथ्यजाँचबाट कैलाली-२ मा प्रचारप्रसारको क्रममा केपी खनालले झडप गरेको र कार्यकर्ताबाट कुटिएको दुबै दाबी भ्रामक रहेको पाइएको छ । वास्तवमा १८ फेब्रुअरी (६ फागुनमा) धनगढीमा रास्वपाले ‘परिवर्तन उद्घोष सभा’को आयोजना गरेको थियो । उक्त सभा सुरु हुनुभन्दा पहिले मञ्चतर्फ उम्मेदवारहरू गइरहेको क्रममा मञ्चको गेटमा भिडभाड भएको थियो ।
भीडमा आफ्नो टिममा रहेका सदस्यहरू फसिरहेको समयमा खनाल फर्किँदा धकेलाधकेलमा परेका थिए । त्यही समयको भिडिओलाई भ्रामक तरिकाले कैलाली-२ मा प्रचारप्रसारका क्रममा केपी खनालले झडप गरेको लगायतका दाबी सहित भ्रम फैलाइएको पुष्टि भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार