दाङ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (माले)ले दाङमा नेकपा (एमाले)लाई समर्थन गर्ने भएको छ ।
दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष एमालेका उमेदवारलाई मतदान गर्ने सहमति भएको हो ।
मंगलबार घोराहीमा भएको लिखित सहमतिपत्रमा एमालेका लुम्बिनी प्रदेश कमिटीका सदस्य हुकुमबहादुर बस्नेत, एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, मालेका पोलिटब्युरो सदस्य महेन्द्र शाह, जिल्ला सचिव नेत्रप्रकाश पाण्डेयले हस्ताक्षर गरेका छन् ।
आगामी प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा समेत सहकार्य गर्ने गरी सहमति भएको एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिए ।
नेकपा एमालेबाट दाङ–१ मा एमाले केन्द्रीय लेखा आयोगका सदस्य, रेवतीरमण शर्मा, २ मा महासचिव शंकर पोख्रेल र ३ मा केन्द्रीय सदस्य घनश्याम पाण्डेय उमेदवार छन् ।
नेकपा मालेले भने यसपटक दाङका तीनवटै निर्वाचन क्षेत्रमा उमेदवारी दिएको थिएन ।




प्रतिक्रिया दिनुहोस्