निर्वाचनमा दूरसञ्चार सेवा प्रभावकारी बनाइने

काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सञ्चार सेवालाई थप चुस्त र प्रभावकारी बनाउने उद्देश्यले सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गरेको छ ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा आयोजित बैठकमा गृह मन्त्रालयका सचिव र अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि, नेपाल दूरसञ्चार प्राधिकरण तथा सेवा प्रदायकबीच समन्वय गर्ने समझदारी भएको जनाइएको छ ।

निर्वाचन अवधिमा विशेषगरी मतदान केन्द्रमा सञ्चार पहुँच सुनिश्चित गर्ने, उपलब्ध सेवाको गुणस्तर सुधार गर्ने, मर्मत तथा अनुगमनलाई तीव्र र व्यवस्थित बनाउने निर्णय गरिएको छ । टेलिफोन, इन्टरनेटलगायत सेवाको निरन्तरता र प्रभावकारिताबारे कार्ययोजना बनाएर कार्यान्वयन गर्ने सहमति भएको छ ।

बैठकमा गृहमन्त्री अर्यालले निर्वाचनका क्रममा दूरसञ्चार सेवा सहज, भरपर्दो र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सञ्चार मन्त्रालयअन्तर्गतका सरकारी सञ्चार माध्यम र दूरसञ्चार सेवाको समन्वय सुदृढ गर्न पनि जोड दिइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार