‘शैलेश सिंहलाई जिताऔँ’ भन्दै बझाङ फर्किनेको लर्को

धनगढी । ‘बझाङ्गीले के भन्छन ? शैलेश सिंहलाई ले भन्छन !’, यही नारा लगाउँदै अहिले युवाहरुको ठूलो समूह बझाङ लागेको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शैलेश सिंहले उम्मेदवारी दिएका छन् । सुरुवाती दिनदेखि नै बझाङमा लोभलाग्दो माहोल बनाएका सिंहको पक्षमा पछिल्लो समय झनै माहोल बन्दै गएको छ ।

यतिसम्म कि सिंहलाई भोट हाल्न भन्दै भारत लगायत अन्य विभिन्न तेस्रो मुलुकबाटसमेत युवाहरु बझाङ फर्किएका छन् । सँगै शिक्षा, रोजगारी र विभिन्न कामको शिलशिलामा जिल्ला बाहिर रहेकाहरु पनि अहिले धमाधम गृहजिल्ला (बझाङ) फर्किन थालेका छन् ।

यहीबीच कैलालीबाट युवाहरुको ठूलो समूह बझाङ लागेको छ । शिक्षा, व्यवसाय र रोजगारीमा संलग्न बझाङका युवा तथा मतदाताहरु सिंहलाई जिताउन भन्दै बझाङ गएका हुन् ।

स्थानीयस्तरमा विशेषगरी युवापुस्ताको यस्तो सक्रिय सहभागितालाई अर्थपूर्ण रूपमा हेरिएको छ । स्वतन्त्र सोच, परिवर्तनको अपेक्षा र नयाँ नेतृत्वको चाहनाले युवाहरू एकजुट भएको उनीहरूको भनाइ छ ।

बझाङमा अहिले चुनाव केवल प्रतिस्पर्धा मात्र नभएर युवाहरूको उपस्थितिले उत्सवजस्तै माहोल सिर्जना गरेको देखिन्छ । अब यो ऊर्जा मतपत्रमा कति देखिन्छ ? भन्ने प्रतीक्षाको विषय बनेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार