कैलाली-५ः एमालेका यज्ञको पक्षमा एकजुट हुँदै मतदाता

धनगढी । कैलाली ५ मा चुनावी सरगर्मी बढ्दो छ । निर्वाचनको होमिएका विभिन्न दलका उम्मेदवारहरु चुनावी अभियानमा व्यस्त छन् ।

राजनीतिक रुपमा सुदूरपश्चिम प्रदेशकै इपी सेन्टरका रुपमा रहेको कैलाली ५ मा एमाले, काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबीच खास प्रतिस्पर्धा हुँदैछ ।

यहीबेला एमालेका उम्मेदवार यज्ञराज ढुंगानाले चुनावी प्रचार र घरदैलो तथा टोल भेटघाटलाई थप सक्रिय बनाएका छन् ।

उनी बिहानैदेखि साँझ अबेरसम्म गाउँगाउँमा मतदातासँगै भेटिन्छन् । मतदाता भेट्नु, योजना सुनाउनु, एजेन्डका विषयमा बुझाउनु र भोट माग्नु नै उनको दिनचर्या बनेको छ ।

विशेषतः फूलवारी, उर्मा र धनगढी बजार आसपासका क्षेत्रमा सक्रिय ढुंगानाको पक्षमा माहोल बन्दै गएको स्थानीय नेताहरुको दाबी छ । ‘हामीले चुनावी अभियानलाई प्रभावकारी रुपमा अघि बढाएका छौँ ।’, एमालेका एक नेताले भने, ‘माहोल राम्रो छ । हिजो भन्दा आज समर्थन बढ्दै गइरहेको छ ।’

ढुंगानाको पक्षमा युवा वर्ग पनि त्यत्तिकै सकारात्मक देखिएको ती नेताको दाबी छ । उनका अनुसार कतिपय ठाउँमा युवाहरुले नै प्रचारको नेतृत्व गरिरहेका छन् ।

मतदाता भेटघाटका क्रममा ढुंगानाले स्थानीय पूर्वाधार, सडक स्तरोन्नति, कृषि उत्पादनको बजारीकरण, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तारजस्ता विषयलाई उच्च प्राथमिकताका साथ उठाएका छन् ।

त्यसो त कैलाली ५ मा ढुंगानाको प्रचार शैली अलि सरल र अनौपचारिक देखिन्छ । मतदातासँग नजिकिने, गुनासो सुन्ने र समाधान देखाउनै ढुंगानाको शैलीले धेरैलाई आकर्षित गरेको समर्थकहरुको भनाई छ । यसले पनि कैलाली ५ मा ढुंगानाको पक्षमा माहोल बन्दै गएको संकेत गर्ने स्थानीय नेताहरुले दाबी गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार