कैलाली-५ मा एमाले-कांग्रेसका २७ जना कार्यकर्ता रास्वपा प्रवेश !

कैलाली :- धनगढी उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष भोला सोबलसहित एमाले र कांग्रेससँग आबद्ध २७ जना कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

उनीहरूलाई रास्वपा सभापति रवि लामिछानेले एक कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन्। सोबल सो वडाको चुनाव परिचालन समिति उपसंयोजकसमेत रहेका छन्।

पार्टी प्रवेशपछि सोबलले कैलाली–५ का उम्मेदवार आनन्द बहादुर चन्दको दृष्टिकोण र विकासप्रतिको प्रतिबद्धता आफूलाई आकर्षक लागेको बताए। उनका अनुसार रास्वपाले उक्त क्षेत्रमा सक्षम नेतृत्व दिएको र सुशासन, पारदर्शिता तथा जनउत्तरदायी नेतृत्व स्थापना गर्ने नीतिबाट आफू प्रभावित भएको हो।

कार्यक्रममा सभापति लामिछानेले परिवर्तनको अभियानलाई बलियो बनाउन नयाँ सदस्यहरूको साथ महत्वपूर्ण हुने बताए। उनले जनअपेक्षा पूरा गर्ने संकल्पका साथ अघि बढिरहेको पार्टीलाई चन्दजस्ता विज्ञ व्यक्तिको संसद्मा उपस्थिति आवश्यक रहेको पनि उल्लेख गरे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार