अध्यक्ष ओलीले आज दमकमा निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा आज निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने भएका छन्।

शनिबार दिउँसो ३ बजे दमकको ले गोरखा डिपार्टमेन्टको सगरमाथा हलमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)को आयोजनामा गरेको अन्तरसंवाद हुन लागेको हो। उक्त कार्यक्रममा सहभागी हुन उनी काठमाडौंबाट झापा जाँदैछन्।

हिसानका अध्यक्ष युवराज शर्माका अनुसार नेपालको निजी क्षेत्रसँग ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको छ।

अन्तरसंवादमा निजी क्षेत्रका मुख्य ६ वटा क्षेत्रलाई समेटेर प्यानल डिस्कसन राखिएको शर्माले जानकारी दिए।

निजी क्षेत्र, नीतिगत सुधार तथा युवा केन्द्रित आर्थिक रुपान्तरणका विषयमा शिक्षा, उर्जा, उद्योग व्यावसाय, स्वास्थ्य, सूचना प्रविधिका क्षेत्रमा नेपालका सम्भावना र चुनौतिका विषयमा छलफल गरिनेछ।

प्यानल छलफलमा हिसानका पूर्व अध्यक्ष रमेश कुमार सिलवाल, इपानका अध्यक्ष गणेश कार्की, प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, मेडिकल एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र कार्की, आइटी उद्यमी सुलभ बुढाथोकी र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं सहभागी हुनेछन्।

प्यानलमा सहभागी वक्ताहरूले आफ्ना क्षेत्रका तत्कालीन र दीर्घकालीन समस्या र समाधानका उपाय, नीतिगत अवरोधहरू र नयाँ सरकारसँगका अपेक्षा राख्नेछन्।

यसैगरी जेन जी र निजी क्षेत्रको सम्बन्धका बारेमा पनि छलफल हुने शर्माले बताए।

उनका अनुसार प्यानल छलफलमा उठेका जिज्ञासा, नीतिगत अवरोध र देशले अंगालेको निजी क्षेत्र सम्बन्धी नीतिका बारेमा अध्यक्ष ओलीले आफ्ना भनाइ राख्नेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार