टी-२० विश्वकप : सर्वाधिक रनका लागि पाँच खेलाडीबीच रोमाञ्चक होड

जारी आईसीसी टी-२० विश्वकप २०२६ मा ब्याट्सम्यानहरूको उत्कृष्ट प्रदर्शन जारी छ । प्रतियोगिताको प्रारम्भिक चरणमै केही खेलाडीले शानदार इनिङ्स खेल्दै सर्वाधिक रन बनाउने सूचीमा अग्रस्थानमा छन् । 

पाकिस्तानका साहिबजादा फरहान हालसम्म सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले चार खेलमा २२० रन बनाएका छन् । उनको स्ट्राइक रेट १६४.१७ र औसत ७३.३३ रहेको छ ।



श्रीलंकाका पाथुम निस्साङ्का दोस्रो स्थानमा छन् । उनले चार खेलमा १९९ रन जोडेका छन् । उनको स्ट्राइक रेट १५६.६९ र औसत ६६.३३ रहेको छ ।

तेस्रो स्थानमा श्रीलंकाकै विकेटकिपर–ब्याट्सम्यान कुसल मेन्डिस छन् । उनले चार खेलमा १८२ रन बनाएका छन् । दक्षिण अफ्रिकाका कप्तान एडन मार्कराम चौथो स्थानमा छन् । उनले चार खेलमा १७८ रन बनाएका छन् भने उनको औसत ५९.३३ रहेको छ ।



भारतका आक्रामक ओपनर इशान किशन पाँचौं स्थानमा छन् । उनले चार खेलमा १७६ रन बनाएका छन् । उनको स्ट्राइक रेट २०२.२९ र औसत ४४ रहेको छ । पाकिस्तानविरुद्ध ४० बलमा ७७ रनको उत्कृष्ट इनिङ्स खेलेपछि उनी ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए ।

प्रतियोगिता अघि बढ्दै जाँदा सर्वाधिक रनको होड थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार