एमालेको झण्डा आफूहरूले नजलाएको रास्वपाको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एमालेको झण्डा आफूहरूले नजलाएको जनाएको छ । पार्टीका जिल्ला सभापति बिनय घिमिरेले एक विज्ञप्ति जारी गर्दै एमालेको झण्डा आफूहरूले नजलाएको जनाएको हो । 

विज्ञप्तिमा केन्द्रीय सभापति सुर्खेतको कार्यक्रम सकेर दाङ आउने क्रममा सडक पेटीमा स्वतःस्फूर्त रूपमा स्वागत गर्न जुटेका शुभेच्छुकहरूको उपस्थितिलाई लिएर केही घुसपैठ र अवाञ्छित तत्वहरूले भ्रमपूर्ण वातावरण सिर्जना गरेको आरोप लगाइएको छ। ‘रास्वपाको बढ्दो जनलहरलाई धुमिल बनाउने उद्देश्यले गरिएको यस्तो निन्दनीय कार्यमा हाम्रो पार्टीको कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा लेखिएको छ ।



रास्वपाले झण्डा जलाउने जस्ता गतिविधिमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै घटनाको सत्य–तथ्य छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन सुरक्षा निकायसँग मागसमेत गरेको छ। रास्वपाले आफ्ना कार्यकर्ता तथा शुभेच्छुकहरूलाई संयमित रहन र सुसंस्कृत राजनीतिको मार्गमा अडिग रहन अपिलसमेत गरेको छ।



बिहीबार राति दाङको तुलसीपुर बजारमा एक समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको थियो । यता नेकपा एमालेले रास्वपाका कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न सूर्य अङ्कित झण्डा जलाएको घटनाको निन्दा गरेको छ ।

एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै देश जलाउनेहरूले नै झण्डा जलाएको बताउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी तथा महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताबाट गरिएको व्यवहारले  झण्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घटनाले पुष्टि गरेको बताएका छन् ।

विज्ञप्तिमा एमाले अनुशासित पार्टी भएकाले यो घटनाबाट उत्तेजित नभएको उल्लेख गर्दै संयमता, धैर्यतालाई कमजोरी नठान्न चेतावनी दिइएको छ । 



कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार