एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको ‘देश पहिला’ शीर्षकको घोषणापत्रमा आधारित बहस कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लक्ष्य निर्धारणसहित प्रतिबद्धता सार्वजनिक गरे।

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपालीः राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’ भन्ने नारासहित उक्त लक्ष्य हासिल गर्न पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिएको छ। विगतमा सरकारमा रहँदा सुरु गरिएका तर पूरा गर्न बाँकी रहेका सुशासन, विकास, रोजगारी र सामाजिक न्यायका कार्यलाई यसपटक मुख्य प्राथमिकतामा राखिएको घोषणापत्रमा उल्लेख छ।

घोषणापत्रमा तत्काल कार्यान्वयन गरिने ११ काम, पाँच आधारभूत कार्यक्रम र २५ सङ्कल्प समेटिएका छन्। अध्यक्ष ओलीले भत्काउने र जलाउने नभई बनाउने सङ्कल्पसहित एमालेले अघिल्ला अनुभव र अभ्यासका आधारमा देशको रूपान्तरणमा अग्रसर हुने दाबी गरे।

उनले स्वाधीनता र राष्ट्रियताको पक्षमा एमाले सधैँ अडिग रहेको स्पष्ट गर्दै पार्टी कुनै लोकप्रितावाद वा स्टन्टमा केन्द्रित नहुने बताए।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार